अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:११ | Colorodo: 16:26

अमेरिकी विश्वविद्यालयमा गोली चल्दा २ जनाकोे मृत्यु

बिआरटीनेपाल २०७६ वैशाख १८ गते १०:०० मा प्रकाशित

संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको च्यार्लोट क्याम्पसमा भएको गोली प्रहारमा परी २ जनाको ज्यान गएको छ । उक्त गोली प्रहारमा अरु केही घाइते भएको बताइएको छ । मङ्गलबार सो गोलीकाण्ड भएको थियो । मङ्गलबार साँझ ७ बजेभन्दा केही अघिमात्र यस्तो गोली प्रहारको घटना भएको थियो ।

मङ्गलबार यस शैक्षिक सत्रको अन्तिम दिन थियो । त्यस दिन कलेज समापन गरी घर फर्किने तयारी गरिरहेका विद्यार्थीहरुमाथि गोली प्रहार भएको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् ।विद्यार्थीहरु विदा हुने बेलामा अकस्मात उक्त क्याम्पसको इमर्जेन्सी सेवाबाट लुक्नु, भाग्नु, सुरक्षित हुनु भनी माइकिङ शुरु भएको थियो । त्यसपछि कलेज परिसरमा भागाभाग भएको थियो । स्थानीय इमर्जेन्सी सेवाले २ जनाको ज्यान गएको र अरु ४ जना घाइते भएको जनाएको छ । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको जनाएको छ ।

च्यार्लोटको प्रहरी सेवाले आक्रमणकारीको पहिचान गरेको छ । सो विभागका अनुसार गोली हान्ने व्यक्ति सो क्याम्पसको एकजना २२ वर्षीय विद्यार्थी रहेको बताइएको छ । उनको नाम त्रिस्तान एन्ड्रयु हो । । आक्रमणकारीलाई प्रहरी थुनामा राखिएको छ । तर घटनाको बारेमा ती व्यक्तिले स्वीकार नगरेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू