अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४१ | Colorodo: 15:56

जापानले पायो नयाँ सम्राट, युवराज नारुहितोद्धारा गद्धी आरोहण

बिआरटीनेपाल २०७६ वैशाख १८ गते ९:५९ मा प्रकाशित

जापानले नयाँ सम्राट पाएको छ । युवराज नारुहितोले आजदेखि औपचारिक रुपमा गद्दी सम्हालेसँगै जापानले नयाँ सम्राट पाएको हो । नारुहितो जापानको १२६ औं सम्राट बन्नुभएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका सम्राट नरुहितो २८ बर्षको उमेरमा जापानको युवराज बन्नुभएको थियो ।

उहाँका पिता अकिहितोले हिजो स्वइच्छाले गद्दी त्याग गरेको घोषणा गर्नुभएको थियो । जापानको २ सय वर्षको इतिहासमा अकिहितो जिवित छंदै गद्दी त्याग गर्ने पहिलो सम्राट हुनुहुन्छ । जापानमा सम्राटले आफू बाँचुन्जेल गद्दी त्याग्न नपाइने परम्परा र कानुन छ ।

तर पनि अकिहितोले आफू रोगी र वृद्ध हुँदै गएकाले राज्य चलाउन नसक्ने भएकाले जिम्मेवारीबाट मुक्त हुन चाहेको बताउनुभएको थियो । सन् २०१६ देखि नै उहाँले यस्तो इच्छा व्यक्त गरे पनि कानुनी कारणले गद्दी त्याग्न पाउनुभएको थिएन । सम्राट अकिहितोले गद्दी त्यागका लागि गरेको आग्रहले हालै कानुनी स्वीकृति पाएको थियो ।

राष्ट्र प्रमुखको भूमिका रहेको जापानमा सम्राटको कुनै राजनीतिक भूमिका भने छैन । नयाँ राजा आएसँगै नयाँ युगको सुरुवात हुने जापानी परम्परा रहिआएको छ । सम्राट नारुहितोको राज्यारोहण संगै जापानमा नयाँ युग रेइवा शुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू