अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३४ | Colorodo: 19:49

इन्डोनेसियाको राजधानी जकार्ता डुब्ने खतरामा, राजधानी अन्यन्त्रै सारिने

बिआरटीनेपाल २०७६ वैशाख १७ गते ९:४५ मा प्रकाशित

इन्डोनेसियाले आफ्नो राजधानी जकार्ताबाट अन्यत्र सार्ने भएको छ । इन्डोनेसियाका योजनामन्त्री मन्त्री ब्यामब्याङ ब्रोजोनेगोरोले राजधानी सार्ने निर्णय भएको जानकारी दिनुभएको छ । उहाँले राष्ट्रपति जोको विडोडोको एउटा महत्वपूर्ण निर्णयअन्तर्गत राजधानीलाई अन्यत्र सार्ने विषय टुंगो लगाइएको बताउनुभयो ।

इन्डोनेसियामा यसै महिनाको सुरुमा भएको आमनिर्वाचनमा विडोडोले विजयी भएको घोषणा गरेपछि यो नयाँ र पछिल्लो निर्णय गर्नुभएको हो । यद्यपी निर्वाचनको परिणाम भने आगामी मे २२ तारिखमा मात्र घोषणा हुने छ । राजधानी सार्ने निर्णय भए पनि नयाँ स्थानको भने टुंगो लागेको छैन ।

यद्यपि कतिपय सञ्चारमाध्यमले भने बोर्निओ टापुमा पर्ने पलाङ्करायामा नयाँ राजधानी राखिने बताएका छन् । जकार्ता तीव्र गतिमा डुबिरहेका विश्वका शहरहरूमध्ये एक हो । यो शहरमा अहिले १ करोड मानिस बस्दै आएका छन् । अनुसन्धानकर्ताहरुले सन् २०५० सम्ममा जकार्ताको ठूलो हिस्सा डुबिसक्ने दाबी गरेका छन् । जकार्ताको आधाजसो हिस्सा समुद्रको सतहभन्दा तल पर्छ ।

जमिनमुनिको पानी अत्याधिक तान्ने क्रम बढ्दै गएपछि जाकार्ता डुब्ने खतरामा परेको हो । सन् १९४५ मा इन्डोनेसिया स्वतन्त्र भएदेखि नै राजधानी सार्ने मुद्दा पटक–पटक आउने गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू