अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३३
| Colorodo: 19:48
जापानका राजा अकिहितोले आफ्नो राजगद्दी परित्याग गर्नुभएको छ । जापानको राजधानी टोकियोमा आज आयोजित एक ऐतिहासिक समारोहमा राजा अकिहितोले राजाको रुपम अन्तिमपटक सम्बोधन गर्दै राजगद्दी छोडेको घोषणा गर्नुभयो ।
जापानको २ सय वर्षको शाही इतिहासमा राजगद्दी छोडने उहाँ पहिलो राजा पनि बन्नुभएको छ । ८५ वर्षका राजा अकिहितोले आफ्नो राजा पद छोड्नका लागि कानून बनाएर अनुमति लिनुभएको थियो । बढ्दो उमेर र खस्किदो स्वास्थ्यलाई ध्यानमा राख्दै उहाँले राजाको पद त्यागेर आफ्नो छोरा युवराज नारोहितोलाई जिम्मेवारी दिनुभएको छ ।
युवराज नारोहितोले भोली एक समारोहकाबीच राजाको जिम्मेवारी लिनुहुनेछ ।