अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२७ | Colorodo: 23:42

इन्डोनेसियामा मतगणनाका अबधिमा २ सय ७० जना कर्मचारीको मृत्यु

बिआरटीनेपाल २०७६ वैशाख १५ गते १०:०० मा प्रकाशित

इन्डोनेसियामा मतगणनाका अबधिमा २७० जना कर्मचारीहरुको मृत्यु भएको छ । इन्डोनेशियामा भएको मतदानको दशौ लाख बुथको मत गन्दा झण्डै १९ सय कर्मचारी बिरामी परेका छन् । इन्डोनेसियाका निर्वाचन आयोगका प्रवक्ता एरिफ प्रियोका अनुसार ति कर्मचारीलाइ कामको उच्च चाप भएका मृत्यु भएको हो ।

यद्यपी यसको थप अनुसन्धान भने हुन बाँकी नै छ । कर्मचारीले दिन रात नभनि काम गर्नुपरेकाले चाप परेको प्रवक्ता प्रियोलाइ उदृत गर्दै बिविसिले लेखेको छ । इन्डोनेसियामा गत अप्रिल ११ गते चुनाब भएको थियो । इन्डोनेसियामा ८ लाख मतदान केन्द्रमा झण्डै १९ करोड ३० लाख मानिसले मतदान गरेका थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू