अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३०
| Colorodo: 21:45
अमेरिकामा भवन निर्माणका क्रममा बाटोमा रहेको क्रेन ढल्दा ४ जनाको मृत्यु भएको छ । घटनामा ३जना घाइते भएका छन् । अमेरिकाको युनिएन जिल्लामा निर्माणाधिन भवनमा रहेको क्रेन कारमाथि ढल्दा कारमा सवार २ र क्रेन चालक २ जनाको मृत्यु भएको हो ।
घाइते हुनेमा गाडीमा सवार एकै परिवारका तीनजना रहेका छन् । निर्माणाधिन घर पूर्ण रुपमा ध्वस्त भएको छ । तेज गतिमा आएको हावा–हुरीका कारण क्रेन ढलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।