अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४३
| Colorodo: 21:58
लामो समयदेखि अस्पतालमा उपचार गराई रहनु भएका तिब्बतका धार्मिक नेता दलाई लामा स्वास्थलाभ भएपछि धर्मशाला फर्किनुभएको छ । नयाँ दिल्लीस्थीत एउटा नीजि अस्पतालमा भर्ना भएका लामा शुक्रबार आफ्नै निवासमा फर्किएको उहाँका सहयोगीहरुले जनाएका छन् ।
छातीमा संक्रमण भएर असहज महशुष गरेपछि यही अप्रिल ७ तारिखका दिन लामालाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालबाट बाहिने क्रममा लामाले आफु पूर्ण रुपमा स्वस्थ भएको बताउनुभयो ।
सन् १९८९ मा नोवेल शान्ति पुरस्कार पाएका लामा लामो समयदेखि भारतमा बस्दै आउनुभएको छ ।