पोखरामा सम्पन्न प्रथम एशियन कप ट्राईयाथलन च्याम्पियनसिपको उपाधि जापानका माकोतो ओदाकुराले जितेका छन् । उनले निर्धारित ट्राईयाथलनको स्प्रिन्ट विधामा २० किलोमिटर साइक्लिङ, ७५० मिटर स्विमिङ र ५ किलोमिटरको दौड ५४ मिनट ५७ सेकेन्डमा पार गर्दै स्वर्ण हात पारेका हुन् । उनी विश्व वरियतामा ६३ औं र एयिशन टेरिटोरीमा दोश्रो स्थानमा रहेका खेलाडी हुन् । दोश्रो स्थानमा रहेका पोल्याण्डका डान मेसिन्तोशले ५४ मिनट ३४ सेकेन्ड र तेश्रो स्थानमा रहेका दक्षिण कोरियाका जि ह्वान किमले ५५ मिनट ०२ सेकेन्डमा दूरी पुरा गरेका छन् ।
च्याम्पियनसिपको महिला तर्फ कोरियाकी य जिन पार्कले स्वर्ण पदक जितेकी छिन् । जापानकी कोनामी युसियुदा रजत र नाओमी ताकामिनेले कास्य पदक पाएका छन् । प्रतियोगितामा नेपाल, जापान, कोरिया, काजाकिस्तान, लिथुनिया, पोल्याण्ड, अष्ट्रेलिया, भारत र बंगलादेशका पुरुष तर्फ १९ र महिला तर्फ ८ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । यसैवीच, सातौं दक्षिण एशियाली ट्राईयाथलन च्याम्पियनसिप अन्तरगत नेपालका बशन्त थारुले स्वर्ण पदक जितेका छन् । दोश्रो स्थानमा लोकेश कुमार बाबुजी रहे भने तेश्रो स्थानमा नेपालका नितेश मानन्धर रहन सफल भए ।
महिला तर्फ पहिलो र दोश्रो स्थानमा भारतका प्रग्न्या मोहन र मोनिका मुकेशभाई नागपुर रहेका छन् । तेश्रो स्थानमा नेपालकी सोनी गुरुङ्ग रहेकी छिन् ।
नेपालका खेलाडीहरुको मात्र प्रतिस्पर्धा रहेको दुवाथलनमा सेनाका हिमाल टमाटाले स्वर्ण हात पारेका छन् । दोश्रो स्थानमा रहेका नेपाली सेनाका पनि नेपाली सेनाकै खेलाडीहरुले पदक जित्न सफल भए । महिला तर्फ एपिएफकी हुमा बुढा मगर, एपिएफकै निर्जता ताम्राकार र दाङ्गकी अनिषा चौधरीले पहिला, दोश्रो र तेश्रो स्थान हात पार्न सफल भए । विजयी खेलाडीहरुलाई गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले पुरस्कार वितरण गर्नुभएको थियो ।