अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२४ | Colorodo: 12:39

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई सम्मान

बिआरटीनेपाल २०७६ वैशाख १४ गते ७:५८ मा प्रकाशित

आज एक समारोहको आयोजना गरी गैरआवासीय नेपाली सङ्घले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गैरआवासीय नेपाली टोलीलाई सम्मान गरेको छ । राष्ट्रिय खेलकुद प्रतियोगितामा एक छुट्टै टोलीका रूपमा पहिलो पटक सहभागिता जनाएको गैरआवासीय नेपाली सङ्घले पदक विजेता एवं खेलाडीलाई बिहीबार बेलुका काठमाडौँमा एक सम्मान कार्यक्रमको आयोजना गरेर टोलीलाई सम्मान गरेको छ । सङ्घका अध्यक्ष भवन भट्टसहितका पदाधिकारीहरूको उपस्थितिमा खेलाडीहरूलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा सहभागी सबै खेलाडीलाई सम्मान तथा नगद पुरस्कार वितरण गरिनुका साथै प्रशिक्षक तथा व्यवस्थापकहरूलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गैरआवासीय नेपाली सङ्घ ले कुल १४ पदक प्राप्त गरेको छ । पहिलो पटक संस्थागत रूपमा सहभागिता जनाएको एनआरएनए टोलीको लन टेनिस, ब्याडमिन्टन, जुडो कराँते, तेक्वान्दो, एथलेटिक्स र पौडी गरी ८ खेलमा १९ जना खेलाडी सहभागिता रहेको थियो । 

गैरआवासीय नेपाली टोलीका खेलाडीहरूले पौडीमा ५ स्वर्ण, १ रजत, १ कांस्य, लन टेनिसमा १ स्वर्ण र २ कांस्य, कराँतेमा १ रजत र कांस्य, बक्सिङमा १ कांस्य तथा जुडोमा १ कांस्य पदक प्राप्त गरेका छन् । एनआरएनएले स्वर्ण पदक विजेतालाई १ लाख, रजतलाई ८० हजार र कांस्य पदक विजेतालाई ६० हजार तथा सहभागी खेलाडीलाई ५० हजार रुपैयाँका साथै प्रमाणपत्र प्रदान गरेको थियो । साथै हरेक खेलका प्रशिक्षकलाई योगदानको मूल्याङ्कन गर्दै कदर स्वरूप जनही २५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा बोल्दै अध्यक्ष भवन भट्टले नेपालको खेलकुद क्षेत्रको विकासको लागि एनआरएनएले राष्ट्रिय खेलकुद परिषद् र सम्बन्धित निकायहरूसँग साझेदारको भूमिका निर्वाह गर्न चाहेको बताउनु भयो । विविध कारणले विदेशमा रहेका प्रतिभा वान खेलाडी, खेल क्षेत्रका प्रशिक्षक, निर्णायक र व्यवस्थापकहरूको ज्ञान सीप र अनुभव नेपालको खेल क्षेत्रमा उपयोग गर्ने उत्साहजनक कार्य सुरु भएको उहाँले बताउनुभयो । विदेशमा रहेर खेल क्षेत्रमा सक्रिय खेलाडी एवम् खेल अधिकारीहरूले हासिल गरेको विविध ज्ञान, प्रविधि, कौशल र स्रोत नेपालको खेल क्षेत्रमा लगानी गर्ने अवसरका रूपमा लिइएको उहाँ“को भनाई थियो ।

कार्यक्रममा अध्यक्ष भट्टसहित राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिमल्सिना, एनआरएनएका महासचिव डा. बद्री केसी, युवा संयोजक एवं आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनका सेफ दे मिसन सुदन थापा, युरोपका क्षेत्रीय उपसंयोजक गोविन्द गौंतम, आइ सिसी सदस्य मनोज गोर्खाली र मुकेश बरुवाल, एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, एनआरएनए मकाउका अध्यक्ष शान्तिदेवी अधिकारी, एनसिसि केन्याका अध्यक्ष कृष्ण दत्त भट्ट, एनआरएनएका पूर्व सचिव अर्जुन श्रेष्ठ, मध्य पूर्वका पूर्व क्षेत्रीय उपसंयोजक धर्मराज गिरि, एनसिसि युएसएका पूर्व अध्यक्ष खगेन्द्र जिसी, एनसिसि अस्ट्रेलियाका पूर्व अध्यक्ष गणेश केसी, कृषि प्रवर्धन समितिका संयोजक युवराज गुरुङ, मानार्थ परिषद्का सदस्यहरू गोविन्द सुवेदी र सुभाष अधिकारी लगायत अन्य आइसीसी तथा विभिन्न मुलुकका एनसीसी प्रतिनिधिहरू, ओलम्पियनहरु, राखेपका पदाधिकारी तथा सदस्यहरू, खेलकुद क्षेत्रसँग आबद्ध विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, खेलाडीहरू एवं सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । 

प्रतिक्रिया