अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३९ | Colorodo: 13:54

कोलोराडोमा एनआरएनए प्रत्यासीका चुनावी एजेण्डाका विषयमा छलफल भोली

बिआरटीनेपाल २०७६ वैशाख १४ गते ८:१६ मा प्रकाशित

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनका प्रत्यासी उम्मेद्वारहरुको चुनावी एजेण्डाका विषयमा कोलोराडो राज्यको डेनभर सहरमा छलफल हुने भएको छ । कोलोराडोबाट सञ्चालित अनलाइन पोर्टल बिआरटी नेपालको आयोजनामा भोली आइतबार अप्रिल २८ (वैशाख १५) गते चुनावी बहस हुने भएको हो ।

मे १८ र १९ हुने एनआरएनको निर्वाचनलाई लक्षित गरी बहसको आयोजना गरिएको बिआरटी नेपालले जनाएको छ । बहस ह्याम्डेन एभिन्यु डेनभर स्थित याक एण्ड यति रेस्टुरेन्टमा हुने छ । आयोजित बहसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोशाध्यक्ष, बोर्ड अफ डाइरेक्टर, आइसिसीका उम्मेदवारहरु लगायतकाको सहभागिता रहने जनाइएको छ ।  कार्यक्रमको सञ्चालन बिआरटी नेपालका न्युज एन्ड करेन्ट एफियरस कोअर्डिनेटर ध्रुव कुँवरले गर्ने छन् ।

प्रतिक्रिया