अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२३ | Colorodo: 10:38

तनहुँ जलविद्युत आयोजनाको बाँध बनाउन पुनः टेण्डर आब्हान

बिआरटीनेपाल २०७६ वैशाख १२ गते ९:४७ मा प्रकाशित

तनहुँ हाइड्रोपावर लिमिटेडले १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाकोे बा“धलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि पुनः बोलपत्र आव्हान गरेको छ । पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहुँ हाइड्रोपावरले आज पुनः अन्तराष्ट्रिय टेण्डर आव्हान गरेको हो । बोलपत्र पेश गर्ने अन्तिम दिन २६ जेठ तोकिएको छ ।

निर्माण व्यवसायी कम्पनीले आयोजनाको १ सय ४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गर्नुपर्नेछ । पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकायहरू एसियाली विकास बँैक (एडीबी) र युरोपेली लगानी बैँक (इआइबी)को सहुलितपूर्ण ऋण परिचालन हुनेछ । टेण्डर प्रक्रियामा सहभागी हुन चाहने कम्पनीहरूले दातृ निकाय एडीबीको खरिद निर्देशिका अनुसार एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्नु पर्ने तनहुँ हाइड्रोपावर लिमिटेडका प्रवन्ध–सञ्चालक प्रदीपकुमार थिकेले जानकारी दिनुभयो ।

आयोजनाको समग्र निर्माण २०८१ को असार दोस्रो साताभित्र (जुन २०२४) सम्पन्न गर्ने लक्ष्य रहेको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले खरिद सम्झौतामा भएको व्यवस्था अनुसार २८ दिनभित्र आयोजनास्थलमा आएर काम सुरु गर्न दिइएको आदेश नमानेको, अग्रिम भुक्तानीका लागि बैक ग्यारेन्टी ल्याउन नसकेको, कम्पनी वित्तीय रुपमा समस्यामा परी ऋणदाताहरुलाई भुक्तानी दिन नसकेको, इटालीको अदालतमा न्यायिक प्रक्रियामा रहेको लगायतका कारणले सीएमसीसँगको ठेक्का तोडेको थियो ।

आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रशारण लाईन, ग्रामिण विद्युतिकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । यसमध्ये एडीबीले १५ करोड, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाईका) ले १८ करोड ४० लाख, इआईबीले ८ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणले ८ करोड ७० लाख अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू