अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१३ | Colorodo: 12:28

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने

बिआरटीनेपाल २०७६ वैशाख ११ गते १०:२६ मा प्रकाशित

नवौं राष्ट्रिय बृहत खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने भएको छ । आगामी दुई बर्ष पछि हुने प्रतियोगिता गण्डकीमा हुने भएको हो । प्रदेश नम्बर ५ को नेपालगन्जमा बुधबार सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अवसरमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने गरी झण्डा हस्तान्तरण गरिएको हो ।

यसैबीच, आठौं राष्ट्रिय खेलकुदमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सर्वाधिक पदकको साथमा प्रथम भएको छ । ३ सय ३० स्वर्ण पदकको लागि भएको प्रतिस्पर्धामा आर्मीले १ सय ३९ स्वर्ण पदक ल्याएको छ भने नेपाल पुलिसले ६२ र एपिएफले ५२ स्वर्ण पदक ल्याएको छ ।

प्रदेश नम्बर ३ चौथो स्थानमा रहेको छ । प्रदेश ३ ले २२ स्वर्ण पदक ल्याएको छ भने गण्डकी प्रदेश प्रदेशमा दोश्रो र समग्रमा पाचौं स्थानमा रहेको छ । गण्डकी प्रदेशले १२ स्वर्ण पदक ल्याएको छ । आयोजक प्रदेश नम्बर ५ ले ११ स्वर्ण पदक ल्यादै प्रदेशमा तेश्रो र समग्रमा छैटौं रहेको छ । प्रदेश नम्बर १, ९ स्वर्ण सहित सातौं, सुदुरपश्चिम प्रदेश ८ स्वर्ण सहित आठौं, प्रदेश नम्बर २ , ६ स्वर्ण ७ रजत सहित नवौं, एनआरएनए ६ स्वर्ण २ रजत सहित दशौं स्थानमा रहदा कर्णाली प्रदेश ३ स्वर्णको साथमा ११ औं स्थानमा रहेको छ ।

प्रतियोगितामा ३५ खेलमा ३ सय ७२ स्वर्ण पदकको लागि ११ टिमका खेलाडीहरुले सहभागि जनाएका थिए भने एनआरएनए पहिलो पटक खेलकुदमा सहभागि भएको थियो ।

प्रतिक्रिया