अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२७ | Colorodo: 21:42

दक्षिण अफ्रिकामा बाढी, ६० को मृत्यु

बिआरटीनेपाल २०७६ वैशाख ११ गते १०:१४ मा प्रकाशित

दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढी र पहिरोमा परी कम्तीमा ६० जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा हालका दिनहरूका भारी वर्षा भएको र सोही कारण आएको बाढी र पहिरोका कारण गत हप्ताबाट दक्षिण र पूर्वी भागहरू बाढीका कारण प्रभावित भएका छन् ।

बाढी र पहिरोमा परी मंगललबार सम्म ३३ जनाको मृत्यु भएको थियो । तर, पहिरोमा पुरिएका व्यक्तिलाई निकाल्ने क्रममा सो संख्या ६० पुगेको हो । बाढीका कारण भवन भत्किएका र विद्युत प्रशारण लाइनमा पनि समस्या आएको छ । सहयोग, उद्धारलगायत बाढी प्रभावित व्यक्तिलाई सुरक्षित स्थानमा सार्नका लागि दक्षिण अफ्रिकी सेनालाई परिचालन गरिएको छ ।

यसैवीच, राष्ट्रपति सिरिल रामाफोसाले बाढी तथा पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ । लिबिया र सुडानमा जारी द्वन्द्वको विषयमा इजिप्टमा भएको सम्मेलनबाट फर्किनुभएका रामाफोसाले प्रकोपमा परी ज्यान गुमाएका परिवार र समुदायप्रति दुःख प्रकट गर्दै सरकारले पूर्ण सहयोग गर्ने बताउनुभयो । बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्न राष्ट्रपतिले सबैसँग आह्वान समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू