अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१७
| Colorodo: 19:32
यस वर्षको पुलित्जर पुरस्कार घोषणा भएको छ । पुरस्कार जेलमा रहेका दुई जना लेखकलाई दिने घोषणा गरिएको छ । पुरस्कार पाउने दुई व्यक्ति, वा लोन र क्यावा सोइ वुद रहेका छन् । उनीहरु दुवै ‘युटर’ का पत्रकार हुन् । उनीहरुले गरेको रिपोर्टिङलाई उत्कृष्ट ठहर्याउदै उक्त पुरस्कार दिने घोषणा गरिएको हो । म्यानमारमा बुद्धिष्ट र म्यानमार सुरक्षा दस्ताले १० जना रोहिंग्याहरुको हत्या गरेको तथ्यलाई उनीहरुले रिपोर्टिङमार्फत सार्वजानिक गरेका थिए ।
वा लोन र क्यावा सोइ वुद बिगत ४ सय ९० दिनदेखि म्यानमारको जेलमा छन् । मृत्युको घटनालाई सार्वजानिक गरेको भन्दै उनीहरुलाई जेल चलान गरिएको छ । उनीहरुलाई २०१७ डिसेम्बरमा पक्राउ गरिएको थियो । पक्राउपछि ७ वर्षका लागि जेल चलान गर्ने निर्णय भएको थियो । उनीहरुलाई देशको सुरक्षामा गम्भीर उल्लंङ्घन गरेको आरोप लगाइएको थियो ।