अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३६ | Colorodo: 09:51

फ्रान्सको ८५० वर्ष पुरानो ‘नोट्र डाम क्याथेड्रल’ चर्चमा भीषण आगलागी

बिआरटीनेपाल २०७६ वैशाख ३ गते ९:३५ मा प्रकाशित

फ्रान्सको राजधानी पेरिसमा रहेको ८ सय ५० वर्ष पुरानो ‘नोट्र डाम क्याथेड्रल’ चर्चमा भीषण आगलागी भएको छ । सभ्यताको राजधानी मानिने परिसका आइफिल टावर नजिकै रहेको एतिहासिक चर्चको ‘गोथिक भवन’मा सोमवार राति आगलागी भएको हो । आगलागीको हुनुको एकिन कारण भने पत्ता लागेको छैन ।

सरकारी अधिकारीले चर्चको जिर्णोदार कार्य भइरहेकाले आगलागी भएको हुनसक्ने अनुमान गरेका छन् । आगलागीबाट चर्चको शिखर र छाना पूर्णरुपमा ध्वस्त भएको बिबिसीले जनाएको छ । आगो निभाउन ४०० भन्दा बढि अग्नि नियन्त्रकहरु खटाइएको थियो । लामो प्रयासपछि अहिले आगो नियन्त्रणमा आएको बताइएको छ । अग्नी नियन्त्रकले आगलागीबाट अपुरणीय क्षति भएपनि चर्चको मुख्य संरचना भने जोगाउन सफल भएको बताएका छन् ।

घटनास्थल पुगेका राष्ट्रपति एमानुएल माक्रेँले घटनाप्रति दुख व्यक्त गर्नुभएको छ । राष्ट्रपति माक्रेँले क्याथोलिक र फ्रान्सेली नागरिकप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुख व्यक्त गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू