अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५९
| Colorodo: 22:14
दुई मुटुको बिछोडको अमूल्य आँसु पिए मैले
अन्योलको भुमरीमा यो दुखी जीवन जिए मैले
कोमल यो मुटुको माझ प्रेमको दीप जलेको थियो
यो दीपलाई साछी राखी चोखो जीवन दिए मैले
समयले कोल्टे फेरेमा सर्बोश्वोनै उड्ने डरले
जनम भर बसी हिँड्ने बाचा कसम लिए मैले
बैगुनी पो रहीछऔ तिमी मुटु चुँडाइ लगी हाल्यौ
चर्किएको छाती यो मेरो बसी रुँदै सिए मैले