अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०१ | Colorodo: 08:16

हेम्जा आलु महोत्सवमा कारोवार बढ्दो

बिआरटीनेपाल २०७५ चैत २८ गते १०:१३ मा प्रकाशित

हेमजा स्थित विष्णुपादुका क्लवको आयोजनामा चैत २२ गतेदेखि सुरु दशौं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलुको कारोवारमा बृद्घि भएको छ । बिहीवार मात्रै दुई सय ५० बढी दर्शकले आलु किनेर लगेको आयोजकले जनाएको छ । महोत्सवमा बिहीवारसम्ममा कुल एक हजार बढी दर्शकले आलुको कारोवार गरेको बताइएको छ । जसअनुसार हालसम्म सबैभन्दा बढी मुस्ताङका तेन्जीङ गुरुङले ७ सय ५० किलोग्राम आलु लगेको बताईएको छ ।

बिहीवारसम्ममा कुल १४ लाख ५० हजार बराबरको आलुको कारोवार भएको छ । त्यस्तै कुल ३० हजार दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ । महोत्सवमा बिभिन्न कृषि तथा मनोरञ्जन सिंत सम्बन्धित कार्यक्रमहरु जारी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू