अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२६ | Colorodo: 21:41

ब्रेक्जिट– युरोपेली युनियनबाट ६ महिना म्याद थप

बिआरटीनेपाल २०७५ चैत २८ गते ९:५९ मा प्रकाशित

युरोपेली नेताहरुले बेलायतलाई युरोपेली युनियन (इयू) बाट बहिर्गमन (ब्रेक्जीट) का लागि अरु ६ महिना समय थप गर्न सहमत भएका छन् । यसै साताको अन्त्यमा बिना सम्झौता बेलायतको बहिर्गमन हुँदा उत्पन्न हुन सक्ने अस्तव्यस्त स्थिति तत्कालका लागि टरेको छ ।

ब्रेक्जिटको नयाँ मितिका लागि ब्रसेल्समा बुधबार अबेर रातिसम्म बैठक बसेको थियो । बेलायती प्रधानमन्त्री थेरेसा मेले जनभावना बमोजिम नै ब्रेक्जीट सम्झौताका लागि कार्य गर्ने र संसदबाट पनि अनुमोदन गर्ने बताउनुभयो । उहाँले आफ्नो मुख्य लक्ष्य नै जतिसक्दो चाँडो इयूबाट अलग्गिनु रहेको स्पष्ट पार्नुभएको छ ।

उहाँले नयाँ सहमतिका बारेमा बेलायती तल्लो सदन हाउस अफ कमन्सलाई बिहीबार जानकारी गराउनुहुनेछ । साथै मेले राजनीतिक गतिरोध अन्त्यका लागि मुख्य विपक्षी दल लेबर पार्टीसँग पनि वार्तालाई अघि बढाउने बताईएको छ ।

इयूका अरु २७ सदस्य राष्ट्रका नेताहरुले भने बेलायतको प्रस्ताव भरपर्दो नभएको बताउँदै बेलायतलाई थप समय दिनु आवश्यक नरहेको जिकिर गरेका थिए तर युरोपेली परिषदका अध्यक्ष डोनाल्ड टस्कले आगामी अक्टोबर ३१ सम्मको समयावधि दिन उपयुक्त हुने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू