अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४४ | Colorodo: 21:59

‘ब्ल्याक होल’ को पहिलो तस्बिर सार्वजनिक

बिआरटीनेपाल २०७५ चैत २७ गते १०:१९ मा प्रकाशित

अन्तरिक्षयात्रीहरूले पहिलोपटक ‘ब्ल्याक होल’ को वास्तविक तस्बिर सार्वजनिक गरेका छन् । ‘ब्ल्याक होल’ को यो तस्बिर पहिलो हो, किनकि यससघि ब्ल्याक होलको स्वरूप वैज्ञानिकहरूको कल्पनाको आधारमा मात्र रहेको थियो । तर, वैज्ञानिकहरूले रेडियो टेलिस्कोप निर्माणपछि भने सो तस्बिर लिन सम्भव भएको दाबी गरेका हुन् । यसलाई ‘इभेन्ट होरिजन’ टेलिस्कोप नाम दिइएको छ । यसरी यो तस्बिरले विज्ञानको क्षेत्रमा अत्यन्तै ठूलो उपलब्धि दिलाउनुका साथै अन्तरिक्ष गतिविधिबारे पुनः विचार र अध्ययनका लागि समेत राम्रो अवसर प्रदान गर्ने बताइएको छ ।

ब्ल्याक होल त्यो क्षेत्र हो जसको शक्तिशाली गुरुत्वाकर्षणबाट प्रकाश समेत बच्न सक्दैन अर्थात् ब्ल्याक होलमा उज्यालोसमेत हराउने गर्दछ भने नजिकका जुनसुकै वस्तुलाई पनि यसले आफूतर्फ तान्ने गरेको विश्वास गरिन्छ । वैज्ञानिकहरूको भाषामा यो पूर्णरूपमा कालो हुन्छ र परिक्रमा पथबाट मात्र यसको पहिचान गर्न सकिन्छ । हालसम्म गरिएका अनुसन्धानहरूमा ठुल्ठूला ताराहरूको जीवनचक्र सकिएपछि नै उनीहरू ब्ल्याक होलमा परिणत हुने दाबी गरिएको छ । वास्तवमा तस्बिरले आइन्सटाइनको ‘थेउरी अफ रिलेटिभीटी’ सिद्धान्तमाथि प्रश्न उठाउन सक्ने भएकाले पनि विश्वभरका वैज्ञानिकहरू यसका लागि अत्यन्तै उत्साहित रहेको सञ्चार एजेन्सी रोयटर्सले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू