अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३३ | Colorodo: 17:48

इजरायलमा नेतान्याहू पाँचौ पटक प्रधानमन्त्री बन्दै

बिआरटीनेपाल २०७५ चैत २७ गते १०:१३ मा प्रकाशित

इजरायलमा सम्पन्न निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको दलले अधिकांश सिटमा विजय हासिल गरेको छ । । यद्यपि, मतदानमा कुनै पनि दलले बहुमत ल्याउन सकेन । अब त्यहाँ गठबन्धन सरकार बन्ने छ । प्रधानमन्त्री नेतान्याहूको लिकुड पार्टी बढी सीट जितेर ठूलो दल बनेकाले उहाँ फेरि अर्थात् पाँचौं पटक पनि प्रधानमन्त्री हुने सम्भावना बढेको छ । त्यसका लागि उनहाँले साना दलसँग सहकार्य गर्नुपर्ने छ ।

भ्रष्टाचारको आरोप खेपिरहेका ६९ वर्षीय नेतान्याहूमाथि उदारवादी पूर्व सैनिक बेन्नी गान्जको दलले कडा चुनौती दिएको थियो । १२० सदस्यीय इजरायली संसद (नेसेट) मा नेतान्याहूको पार्टी र त्यसका सहयोगी पार्टीले ६५ स्थान जितेका छन् ।

मतदान पछिको मतसर्वेक्षणमा पनि नेतान्याहु र गान्जको नेतृत्वमा रहेको ब्लू एन्ड ह्वाइट पार्टी दुबैबीच कडा प्रतिस्पर्धा हुने देखिएको थियो । तर दुबै पार्टीले स्पष्ट बहुमत पाउन सकेनन् । लिकुड पार्टीले इजरायलका अतिवादी दक्षिणपन्थी दलहरुको समर्थनमा सरकार बनाउने देखिन्छ । प्रधानमन्त्री नेतान्याहुले तेलअभिभमा चुनावमा जनताले अभूतपूर्व समर्थन जनाएको भन्दै आमजनतालाई धन्यवाद दिनुभएको छ ।

तर ब्लू एण्ड ह्वाइटका अध्यक्ष गान्जले आफ्नो दलले सबैभन्दा बढी स्थान जित्ने भएकाले राष्ट्रपतिले आफूहरुलाई सरकार गठन गर्न बोलाउनु पर्ने पनि बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू