अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२३ | Colorodo: 08:38

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन प्रधानमन्त्री ओलीको आह्वान

बिआरटीनेपाल २०७५ चैत २७ गते १०:०५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले “नेपाल भ्रमण वर्ष, २०२०”लाई सफल बनाउन सक्दो सहयोग गर्न सम्बन्धित सबै निकायलाई आव्हान गर्नुभएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा मा आयोजित नेपाल भ्रमण वर्ष, २०२० मूल आयोजक समितिको तेस्रो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पर्यटन क्षेत्रबाट मुलुकको आय दोब्बर बनाउने गरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सरोकारवाला सबै निकायलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सो नेपाल भ्रमण वर्ष सम्पन्न हुँदा १० लाख नेपालीलाई पर्यटन क्षेत्रको विकास गरेर रोजगारी दिने अवस्था बनाउनुपर्नेमा पनि सबैलाई सचेत गराएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिनुभयो । उहाँले सो भ्रमण वर्षलाई सफल बनाउन बैठकले आवश्यक निर्णय पनि गरेको बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको समेत जिम्मेवारी लिनुभएका प्रधानमन्त्री ओलीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आ–आफ्नो क्षेत्रको गन्तव्य स्थलहरुको पहिचान गरी उचित व्यवस्थापन गर्न प्रदेश तथा स्थानीय सरकारहरुको पनि ध्यानाकर्षण गराउनुभयो । बैठकमा प्रदेश र स्थानीय तहको गतन्व्यहरुको पनि पहिचान गरी भ्रमण वर्षलाई सफल बनाउने विषयमा केन्द्रित भएर छलफल गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू