अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३० | Colorodo: 21:45

अस्ट्रेलियामा ज्यालावृद्धिको माग गर्दै हजारौंको प्रदर्शन

बिआरटीनेपाल २०७५ चैत २७ गते १०:०३ मा प्रकाशित

अस्ट्रेलियामा कार्यस्थलमा राम्रो वातावरण र ज्याला वृद्धिको माग गर्दै हजारौंले सडक प्रदर्शन गरेका छन् । आगामी मे महिनामा हुन लागेको संसदको चुनावलाई पनि लक्षित गरी भएको उक्त प्रदर्शनका कारण मेलबोर्न शहरको सार्वजनिक यातायात ठप्प भएको थियो ।

विपक्षी लेबर पार्टीले मजदूरको ज्यालामा सामयिक सुधार गर्ने भन्दै चुनाव प्रचार गरिरहेको छ । पार्टीसँग आबद्ध मजदूर युनियनले अस्ट्रेलियालीको जीवनस्तर पछिल्ला ३० वर्षमा सबैभन्दा कमजोर अवस्थामा पुगेको दाबी गरेको छ । सत्तारुढ लिबरल–नेसनल गठबन्धनले भने कामदारको ज्याला बढाउन कम्पनीको कर कटौती गर्नुपर्नेमा जोड दिएको छ । प्रदर्शनमा सहभागी धेरै प्रदर्शनकारीले चम्किला कपडा लगाउनुका साथै “नियममा परिवर्तन गरौं” भन्ने नारा लेखिएका ब्यानर बोकेका थिए ।

राज्यका प्रधानमन्त्री ड्यानियल एन्ड्रुले अस्ट्रेलियालीहरुले “बाँच्न सक्ने ज्याला” माग गरिरहेको बताउनुभयो । “मानिसहरु क्रुद्ध भएका छन् । उनीहरु अहिले सडकमै निस्कनुपर्ने अवस्थामा पुगेका छन् ।”–उहाको भनाई थियो ।

यसै साताको यो दोस्रो ठूलो प्रदर्शन हो । पशुपक्षी अधिकारवादीहरुले पनि गत सोमबार आकस्मिक प्रदर्शन गरी सडक अबरुद्ध गरेका थिए । कतिपय लेबर पार्टीका समर्थकहरुले मुलुकभित्र बढ्दै गएको आप्रवासीका कारण रोजगारीमा असर परेको तथा न्यूनतम ज्याला बढ्न नसकेको तर्क गर्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू