अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३८
| Colorodo: 19:53
ब्राजिलमा भारी बर्षापछि आएको बाढीमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ । ब्राजिलको रियो दि जेनेरियो लगायतका शहर बाढीबाट बढी प्रभावित भएका छन् । बाढीका कारण दर्जनौं घर भत्कदा भग्नावशेषमा पुरिएर ९ जनाकोे मृत्यु भएको हो । उद्धारका लागि सयौं उद्धारकर्मी प्रभावित क्षेत्रमा खटिएका छन् ।
बाढीका कारण ब्राजिलको सडकमा आवागमन ठप्प भएको छ । पार्किङमा राखिएको सयौं सवारी साधन पुरिएका छन् । ब्राजिलमा विगत २४ घण्टामा ३१ मिलिमिटर बर्षा भएको मौसमविद्हरुले बताएका छन् । अबरुद्ध सडक सञ्चालनमा ल्याउन केही दिन लाग्ने बताईएको छ । बाढी प्रभावितलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।