अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२८ | Colorodo: 17:43

इरानी सेनाको आईआरजीसीलाई अमेरिकाद्वारा आतंककारी संगठन घोषित

बिआरटीनेपाल २०७५ चैत २६ गते १०:१२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानी सेनाको रिभोल्युसनरी गार्ड कप्र्स (आईआरजीसी)लाई आतंककारी संगठन घोषणा गर्नुभएको छ । अमेरिकाले कुनै पनि देशको सेनालाई आतंककारी संगठन घोषणा गरेको पहिलो पटक हो ।

अमेरिकाले आईआरजीसी र ऊ सँग सम्बन्ध भएको संस्थालाई आतंकवादको समर्थन गर्ने र मानवअधिकारको उल्लंघनको आरोप लगाउँदै आएको थियो । राष्ट्रपति ट्रम्पले विज्ञप्ति जारी गर्दै यसलाई ठूलो निर्णय भएको बताउनुभयो । उहाँले इरानले केबल आतंकवादलाई प्रश्रय दिइरहेको र त्यसमा आईआरजीसी सक्रिय रुपमा सहभागी भएको दाबी समेत गर्नुभयो ।

ट्रम्पले अमेरिकी निर्णयले इरानलाई दबाब पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आईआरजीसीसँग सम्बन्ध राख्नेहरुले आतंकवादको समर्थन गरेको ठहरिने चेतावनीसमेत दिनुभयो । अमेरिकी विदेश मन्त्री माइक पोम्पियाले यसको प्रभाव देखिन एक हप्ताको समय लाग्ने बताउनुभयो ।

ट्रम्पले इरानले एक सामान्य देश जस्तै व्यवहार सुरु नगरेसम्म ऊमाथिको प्रतिबन्ध र दबाबको रणनीति जारी रहने उल्लेख गर्नुभयो । सन् १९७९ मा इरानी क्रान्तिपछि सर्वोच्च नेता अयातुल्या खुमेनीले मुलुकमा रिभोल्युसनरी गार्डको गठन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू