अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३४
| Colorodo: 19:49
पाकिस्तानका प्रधानमन्त्री इमरान खानको कार्यालयमा आगलागी भएको छ । उहाँको सचिवालयमा सोमबार दिउँसो भएको आगलागीमा परी कुनै मानवीय क्षति नभएको अधिकारीहरुले जनाएका छन् । संसद भवननजिकै रहेको उच्च सुरक्षा घेराभित्रको भवनको तेस्रो तलाको शौचालयमा आगलागी भएको प्रधानमन्त्रीका सल्लाहकार यौसाफ बैघ मिर्जाले जानकारी दिनुभयो ।
कार्यालयमा आगलागी भएको बेला प्रधानमन्त्री खान कार्यालयमै एउटा बैठकको अध्यक्षता गरिहनुभएको प्रधानमन्त्री खानका सल्लाहकार मिर्जाले जानकारी दिनुभयो । आगलागी भएको थाहा पाउने वित्तिकै अग्निनियन्त्रक र उद्धारकर्ताहरुले कार्यालयमा रहेका प्रधानमन्त्री खानसहित सबैलाई तत्काल बाहिर निकालेका थिए । विद्युत् सर्ट भएर आगलागी भएको अधिकारीहरुले जनाएका छन् । आगो तत्कालै नियन्त्रणमा लिइएको थियो ।