अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५६ | Colorodo: 20:11

भारतले पाकिस्तानमाथि हमला गर्ने योजना बनायो – पाकिस्तानी विदेशमन्त्री कुरैशी

बिआरटीनेपाल २०७५ चैत २४ गते १०:३४ मा प्रकाशित

पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले भारतले पाकिस्तानमाथि हमला गर्ने योजना बनाएको आरोप लगाउनुभएको छ । पाकिस्तानी खुफिया एजेन्सीको सूचनाको हवाला दिँदै मन्त्री कुरैशीले भारतले अप्रिल तेस्रो हप्तासम्म भारतले पाकिस्तानविरुद्ध हमला गर्ने तयारी गरेको दाबी गर्नुभयो ।

पञ्जाव प्रान्तको मुल्तान सहरमा पत्रकार सम्मेलन गरेर मन्त्री शाहले, ‘भारतले तयारी गरिरहेको छ, पाकिस्तानविरुद्ध एक अर्को हमला हुनसक्छ । हाम्रो सूचना अनुसार अप्रिल १६ देखि २० सम्म हमला हुनसक्छ ।‘ मन्त्री शाहले भन्नुभयो, ‘एक नयाँ नाटक रच्न सकिन्छ । जसका लागि भारतले जम्मू कश्मीरमा नयाँ घटना घटाउन सक्छ । पुलवामामा जसरी घटना घटाइयो। त्यो हमला पाकिस्तानमाथि दबाब बढाउने बहाना बनाउन सक्छ । पाकिस्तानमाथिको हमलालाई जायज ठर्हयाउन त्यस्तो गर्नेछन् ।‘

मन्त्री शाहले पाकिस्तानले प्राप्त गरेको खुफिया एजेन्सीको जानकारी पाकिस्तानमा रहेका अन्तर्रा्ष्ट्रिय समुदायका प्रतिनिधिलाई जानकारी दिइएको र पाकिस्तानी जनतालाई पनि योबारे सबै कुरा भनिएको बताउनुभयो । पाकिस्तानले यो सूचनाबारे संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्रहरूलाई पनि जानकारी दिएको छ। पाकिस्तानका विदेश सचिवले शुक्रबार नै इस्लामावादमा रहेका राष्ट्रसंघ सुरक्षा परिषदका पाँच सदस्य राष्ट्रसंघका राजदूतलाई बोलाएर उक्त सूचनाबारे जानकारी दिइएको उल्लेख गर्नुभयो । पाकिस्तानले भारतमाथि दबाब दिनका लागि पनि ती राष्ट्रहरूलाई आग्रह गरेको छ । मोदी सरकारले लोकसभा निर्वाचनलाई भारतीय जनता पार्टीकफ पक्षमा पार्नका लागि पाकिस्तानमाथि हमला गर्नसक्ने मन्त्री शाहको दाबी थियो। पुलवामा हमलामा भारतीय सिआरपिएफका ४४ भन्दा बढी जवानको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू