अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२७ | Colorodo: 19:42

सहयोगका लागि भेनेजुएलाका राष्ट्रपति मदुरोको आह्वान

बिआरटीनेपाल २०७५ चैत २४ गते १०:१८ मा प्रकाशित

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्ना सहयोगी र छिमेकी देशहरुलाई देशका शान्ति स्थापनाका लागि सहयोग गर्न आग्रह गर्नु भएको छ । आफ्ना समर्थकहरुलाई राजधानी काराकासमा सम्बोधन गर्दै उहाँले मेक्सिको, बोलिभिया, उरुग्वे र क्यारेबियन देशहरुलाई वार्ताका लागि सहजीकरण गरिदिन र शान्ति स्थापनाका लागि सहयोग गर्न आग्रह गर्नु भएको हो ।

उहाँले भेनेजुएलाको हितका लागि विपक्षीसँग वार्ता, लचकता र सम्झौता गर्न आफू तयार रहेको पनि बताउनुभयो । मदुरोले राजनीतिक परिपक्वता देखाउन र राष्ट्रिय चासोको ख्याल गर्न पनि विपक्षीहरुलाई आग्रह गर्नुभयो । भेनेजुएलाको सत्तारुढ दल युनाइटेड सोसलिष्ट पार्टी अफ भेनेजुएला ( पीएसयुभी) र विपक्षी दलले राजधानी कारकासमा गत शनिबार छुट्टा छुट्टै कार्यक्रम गरेका थिए ।

विपक्षी दलको बहुमत रहेको राष्ट्रिय सभाका अध्यक्ष समेत रहनु भएका हुवाँ गुएइदोले आफूलाई राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा राजनीतिक सङ्कट चर्किएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू