अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४५ | Colorodo: 20:00

बेलायतद्वारा युरोपेली संघ नलेखेको राहदानी जारी

बिआरटीनेपाल २०७५ चैत २४ गते १०:१४ मा प्रकाशित

बेलायतले युरोपेली संघ नलेखेको राहदानी जारी गर्न सुरु गरेको छ । युरोपेली संघबाट बाहिरिने निर्णय गरेको बेलायतले आफ्नो राहदानीको बाहिरको भागमा लेखिएको युरोपेली संघ शब्द हटाएको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । संघबाट बाहिरिने निर्णय बेलायतले पूर्ण रूपमा कार्यान्वयन गराउन नसकिरहेको बेला गत मार्च ३० देखि नयाँ राहदानी जारी गरेको हो ।

राहदानीमा “युरोपियन यूनियन” लेखेको भएर वा नभएर बेलायती नागरिकलाई यात्रामा कुनै फरक नपर्ने पनि मन्त्रालयले जनाएको छ । संसदका विपक्षी दलहरूको विरोधका बाबजूद प्रधानमन्त्री थेरेसा मेले युरोपेली संघबाट बाहिरिने निर्णयलाई कार्यान्वयन गराउने प्रयास गरिरहनुभएको छ ।

बेलायतका अधिकांश सांसदहरूले तीन पटकसम्म ब्रेजिक्टलाई अस्वीकार गरिसकेका छन् । सरकारले साझा सहमति तयार गर्ने प्रयासस्वरूप मुख्य विपक्षी दल लेबरसँग वार्ता पनि सुरु गरेको छ। तर वार्ताले ब्रेजिक्टलाई पारित गराउने गरी सहमति जुटाउने सम्भावना भने कम रहेको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू