अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२५ | Colorodo: 15:40

वेस्ट बैंकका यहुदी बस्ती इजरायलमा समावेश गर्ने नेतन्याहुको घोषणा

बिआरटीनेपाल २०७५ चैत २४ गते १०:०९ मा प्रकाशित

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आसन्न निर्वाचनमा विजयी भए कब्जामा रहेको वेस्ट बैंकमा बसालिएका बस्तीहरू इजरायलमा समावेश गर्ने घोषणा गर्नुभउको छ । एक टेलिभिजनमा अन्तरवार्ता दिने क्रममा नेतन्याहुले वेस्ट बैंकमा रहेको यहुदी वस्तीहरुप्रति ध्यान केन्द्रीत गर्ने र त्यसलाई उजाडीन नदिने बताउनुभयो ।

“म इजरायलको सम्प्रभुताको विस्तार गर्दैछु र यसका लागि सँगै रहेका र अन्यत्र छुट्टै बनेका बस्तीहरूमा कुनै विभेद गर्नेछैन’” उहाँले भन्नुभयो । इजरायमा मंगलबार निर्वाचन हुँदैछ । निर्वाचनमा वेस्ट बैंकलाई इजरायलको सम्प्रभुताको दायरामा ल्याउने पक्षमा समर्थन गर्दै आएको दक्षिणपन्थी पार्टीले नेतन्याहुका विरुद्धमा उम्मेदवार खडा गरेको छ । अन्तर्राष्ट्रिय कानुनअनुसार वेस्ट बैंकमा इजरायलको तर्फबाट बस्ती बसाल्नु अवैध हो तर इजरायलले यसलाई स्वीकार गरेको छैन । इजरायलले वेस्ट बैंक र इस्ट जेरुशलममा १ सयभन्दा धेरै यहूदी बस्ती बसालेको छ ।

केही हप्ताअघि अमेरिकाले गोलान हाइट्समा इजरायली सम्प्रभुतालाई मान्यता दिएको थियो। गोलान हाइट्सलाई इजरायलले सिरियाबाट आफ्नो कब्जामा लिएको थियो। इजरायलले वेस्ट बैंकमा ४ लाख यहूदीहरूलाई बसालेको छ भने २ लाखभन्दा धेरै यहूदी पूर्वी जेरुशलममा बस्दै आएका छन्। इजरायल र प्यालेष्टाइनबीच वेस्ट बैंकमा बनाइएको यहूदी बस्तीलाई लिएर विवाद हुँदै आएको छ । वेस्ट बैंकमा झण्डै २५ लाख प्यालेष्टाईनीहरू पनि बस्छन् र प्यालेष्टाइनले कब्जामा रहेको वेस्ट बैंक, पूर्वी जेरुशलम र गाजा पट्टीलाई मिलाएर एउटा देश बनाउन चाहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू