अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२७ | Colorodo: 15:42

इरानमा बाढी, कम्तीमा ७० जनाको मृत्यु

बिआरटीनेपाल २०७५ चैत २३ गते ९:३८ मा प्रकाशित

इरानमा एक सातादेखि जारी भारी वर्षासँगै आएको बाढीमा परी ७० जनाको मृत्यु भएको छ । बाढीका कारण १ हजार ९ सय शहर तथा गाउँ प्रभावित भएका छन् । जसका कारण सडक, पुल भवनहरुमा समेत क्षति पुगेको छ । इरानमा अझै केही दिन भारी वर्षा हुने पूर्वानुमान पछि महिला तथा बालबालिकालाई पहिलो प्राथमिकतामा राखेर उद्धार गरिएको छ ।

इरानका अधिकांश स्थानमा आएको भारी वर्षापछि हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । अहिलेसम्म ८६ हजारलाई स्थानान्तरण गरिएको र भारी वर्षाबाट प्रभावित अन्यलाई पनि सार्न लागिएको प्रशासनलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

सुसानगर्ड र कुजेख्स्तान क्षेत्रबाट मात्रै ५० हजारलाई आजै उद्धार गरिने इरानको विपद व्यवस्थापन समितिले उल्लेख गरेको छ । इरानमा डुबानमा परेका ७० गाउँका स्थानीयलाई यसअघि नै उद्धार गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू