अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२५ | Colorodo: 04:40

जी– ७ राष्ट्रका विदेशमन्त्रीको बैठक सुरू, अमेरिकी विदेशमन्त्री पोम्पेओ अनुपस्थित

बिआरटीनेपाल २०७५ चैत २३ गते ९:२६ मा प्रकाशित

विश्वका सात विकसित मुलुक (जी–सेभेन) का विदेशमन्त्रीहरूको बैठक उत्तरी फ्रान्समा बसेको छ । विश्वव्यापी असमानता र साइबर अपराधका विषयमा छलफल गर्न भएको भेलामा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ भने उपस्थित हुनुभएको छैन ।

दुई दिने भेला दिनार्डको ब्रेटन रिसोर्टमा भएको र बैठकमा लिबिया समस्या, बेलायतको यूरोपेली संघबाट हुने बहिर्गमन प्रक्रियालगायतका विश्वव्यापी विषयमा छलफल हुने बताइएको छ । भेलामा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली र जापानका विदेशमन्त्री सहभागी जी– सेभेन राष्ट्रका विदेशमन्त्रीको भेलामा अमेरिकी विदेश मन्त्री पोम्पेओ सहभागी नभएपछि विश्लेषकहरूले अमेरिकाले बहुपक्षीयतालाई नस्वीकार्ने संकेतबारेको अमेरिकाको अर्को शंकास्पद व्यवहार मानिएको छ ।

यद्यपि बैठकमा अमेरिकाको प्रतिनिधित्व भने अमेरिकी उपविदेशमन्त्री जेन जे सुलिभानले गर्नुभएको छ । क्यानडेली विदेश मन्त्रालयका क्रिश्टिया फ्रिल्याण्डले उनका अन्य यूरोपेली समकक्षीले झै पोम्पेओसँग गत हप्ता भएको उत्तर एटलान्टिक सन्धि संगठनमा भेट्नुभएको थियो तर जी– सेभेनको विदेशमन्त्रीको भेलामा सहभागी नभएको आश्चर्य व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू