अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२८ | Colorodo: 04:43

भेनेजुएलामा सत्ता पक्ष र विपक्षले शनिवार सँगसँगै कार्यक्रम गर्ने

बिआरटीनेपाल २०७५ चैत २२ गते ९:५२ मा प्रकाशित

भेनेजुएलाको सत्तारुढ दल र विपक्षी दलले शनिबार राजधानी काराकसमा छुट्टाछुट्टै स्थानमा कार्यक्रम गरी आ–आफ्ना तर्फबाट शक्ति प्रदर्शन गर्ने भएका छन्। सत्तारुढ दल युनाइटेड सोसलिष्ट पार्टी अफ भेनेजुएला (पीएसयुभी) र विपक्षी दलले राजधानीमा आफ्ना समर्थकहरूसहितको कार्यक्रमका लागि बिहीबार आह्वान गरेका हुन्। सत्तारुढ दलको कार्यक्रम तथा जनपरिचालन उपाध्यक्ष डारिओ भिभासले दिएको जानकारी अनुसार सरकार समर्थकहरुले सरकारको पक्षमा नारा लगाउदै राष्ट्रपति कार्यालय अगाडिसम्म र्याली निकाल्ने भएका छन् ।

शनिबार नै प्रतिवन्धित विपक्षी दलले पनि देशब्यापी प्रदर्शनको आयोजना गरेको छ। सत्तारुढ दललाई सत्ताबाट हटाउनु पर्ने माग गर्दै सो पार्टीले प्रदर्शन गर्न लागेको अधिकारीहरूले बताएका छन्। विपक्षी नेता जुआन गुआइदोले गत जनवरीमा आफूलाई राष्ट्रपति घोषणा गर्नुभएको थियो । विपक्षी दलको बहुमत रहेको राष्ट्रिय सभाका अध्यक्षसमेत रहनुभएका गुएइदोले काराकसमा संघीय संसदीय दरबार बनाउने घोषणा पनि गर्नुभएको छ । सत्तापक्ष र विपक्ष दुवैले शनिबारको प्रदर्शनलाई आफ्नो शक्ति प्रदर्शनको रुपमा लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू