अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४७ | Colorodo: 04:02

ब्रुनाईमा नयाँ कानुन – समलिंगी यौनसम्बन्ध कायम गर्नेलाई ढुंगाले हानेर मार्ने, गर्भपतन गर्नेलाई कोर्रा हानिने

बिआरटीनेपाल २०७५ चैत २० गते १०:१० मा प्रकाशित

ब्रुनाईमा कडा स्लामिक कानुन लागु भएको छ । उक्त कानुन अनुसार समलिंगी यौन सम्बन्धका कायम गरेमा मृत्युदण्डको सजाय हुनेछ । समलिंगी यौन सम्बन्ध कायम गर्नेलाई ढुंगाले हिर्काएर मृत्युदण्ड दिने व्यवस्था नयाँ कानुनमा गरिएको छ ।

बुधबारदेखि लागु भएको कानुन अनुसार समलैंगिकतालाई मृत्युदण्ड पाउने अपराध ठहर गरिएको छ। अन्तर्रा्ष्ट्रिय समुदायले यसको चर्को आलोचना गरेका छन् । यो कानुनप्रति ब्रुनाईको समलिंगी समुदायले आपत्ति तथा आफूहरुको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेको छ ।

ब्रुनाईमा यसअघि नै समलैंगिकता अपराध थियो र १० वर्षको जेल सजाय हुने व्यवस्था थियो । सन् २०१४ मा ब्रुनाईले इस्लामिक शरिया कानुन अपनाएको थियो । व्यापक विरोधका बाबजुद ब्रुनाई शरिया कानुन अपनाउने पहिलो पूर्वी एसियाली देश बनेको थियो । ब्रुनाईको सत्ता अहिले ७२ वर्षका सुल्तान हासनाल बोल्किहको नियन्त्रणमा छ । नयाँ कानुन अनुसार बलात्कार, एडल्ट्री, एनल वा ओरल सेक्स, डकैती तथा मोहम्मदको निन्दा गरेमा मृत्युदण्डको सजाय हुन्छ ।

यस्तै गर्भपतन गराएमा सार्वजनिक स्थानमा लगेर कोर्रा हान्ने, चोरी गर्नेको हातगोडा काट्ने सजायको व्यवस्था गरिएको छ । ब्रुनाईमा दुई तिहाइ जनसंख्या मुस्लिम छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू