अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०८ | Colorodo: 08:23

पाँच वर्षमा सहकारीको संख्या ५० प्रतिशतमा झार्ने मन्त्री अर्यालको योजना

बिआरटीनेपाल २०७५ चैत २० गते १०:०५ मा प्रकाशित

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीमा आवद्ध जनशक्तिलाई सीपमूलक तालिम दिएर उत्पादनमा लगाउन आग्रह गर्नुभएको छ । ६२औं राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौं जिल्ला संघ, काठमाडौं जिल्ला बचत संघ, राष्ट्रिय सहकारी विभाग लगायतका संघसंस्थाहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री अर्याललाई सहकारीकर्मीहरुलाई त्यस्तो आग्रह गर्नुभएको हो ।

व्यवसायीक सहकारीलाई मन्त्रालयले प्रोत्साहन स्वरुप अनुदान दिने व्यवस्था गरेको भन्दै मन्त्री अर्यालले सहकारीमार्फत मान्छेको जीवनस्तर सुधार्नका निम्ति आग्रह गर्नुभयो । सहकारी अब उद्योग, पर्यटन, कृषिमा जानुपर्ने भन्दै मन्त्री अर्यालले सहकारी आफ्ना सदस्यहरुको जीवन बदल्ने अस्त्र बन्नुपर्ने बताउनुभयो । मन्त्रालय अहिले सहकारी क्षेत्रको निर्माणको दिशामा रहेको भन्ने उहाँले अहिले सहकारीको संख्या आवश्यकता भन्दा धेरै भएको गुनासो आइरहेका बेला त्यसको मर्जिङ गर्ने कार्यमा मन्त्रालय अगाडि बढेको उहाँको भनाइ थियो ।

उहाँले अहिले भएका सहकारीको संख्यालाई कम गरेर आधाभन्दा कम गरिने समेत बताउनुभयो । अबको पाँच वर्षमा अहिलेका सहकारीको संख्या ५० प्रतिशतमा झार्ने योजनामा मन्त्रालय अगाडी बढेको मनत्री अर्यालको भनाई छ । मन्त्री अर्यालले सहकारी बढी भन्दा बढी गाउँ केन्द्रित हुनुपर्ने पनि बताउनुभयो । सहकारी शहरमा बढी भए भन्ने आरोप आइरहेका बेला अब सहकारी गाउँकेन्द्रित भएर उत्पादनमा लाग्नुपर्ने उहाँले बताउनुभएको हो । एउटा पालिका एउटा सहकारीले जिम्मा लिनेगरी समृद्धिको अभियान सञ्चालन गरिने भन्दै मन्त्री अर्यालले अबको समृद्धिको आधार भनेको सहकारी नै भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू