अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३९ | Colorodo: 02:54

भारतीय भू–उपग्रह अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनका लागि खतरा – नासा

बिआरटीनेपाल २०७५ चैत १९ गते ९:४३ मा प्रकाशित

भारतले प्रक्षेपण गरेको भू–उपग्रहले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएसमा खतरा उत्पन्न गराउन सक्ने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चेतावनी दिएको छ । नासाका प्रमुख जिम ब्राइडेनस्टाईनले परीक्षणपछिको १० दिनमा सो भू–उपग्रहको भग्नावशेष स्टेशनसंग ठोक्किनसक्ने सम्भावना ४४ प्रतिशतले बढेको बताउनुभयो ।

यद्यपी हालसम्म स्टेशन सुरक्षित रहेको आवश्यक परेको खण्डमा त्यसलाई हटाउन सकिने उहाँको भनाई छ । ब्राइडेनस्टाईनले अन्तरिक्षको कक्षमा ४ सय टुक्रा भग्नावशेष फेला परेको र तीमध्ये ६० वटा १० सेन्टिमिटर व्यासको रहेको बताउनुभयो । उहाँका अनुसार त्यस्ता भग्नावशेषका २४ वटा टुक्रा अन्तरिक्षलाई नै नोक्सानी पुर्याउने किसिमका छन् ।

यस्तो परीक्षण गर्ने भारत चौथो मुलुक हो । मिसन शक्ति नाम दिएर सो भू–उपग्रह गत मार्च २७ मा परीक्षण गरिएको थियो । सो परीक्षणसँगै भारत पनि अन्तरिक्ष शक्ति बनेको घोषणा प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू