अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५८ | Colorodo: 08:13

१५ औँ पञ्चबर्षीय योजनालाई अन्तिम रूप दिने तयारी

बिआरटीनेपाल २०७५ चैत १९ गते ९:३९ मा प्रकाशित

राष्ट्रिय योजना आयोगले २५ वर्षे दिगो सोचसहितको १५ औँ पञ्चवर्षीय योजनलाई अन्तिम रूप दिने तयारी गरेको छ । योजनालाई अन्तरिमरूप दिन प्रधानमन्त्री अध्यक्षता रहने विकास परिषद्को दुई दिने बैठक डाकिएको छ । योजना आयोगका सचिव लक्ष्मण अर्यालका अनुसार आगामी पाँच बर्षभित्र राष्ट्रिय गौरवका सबै आयोजना सक्ने लक्ष्यसहित योजनालाई अन्तिम रूप दिने तयारी गरिएको हो ।

बुधबार र बिहीबार बस्ने दुई दिने विकास परिषद्को बैठकमा सबै मन्त्रीहरू, आयोगका उपाध्यक्ष, सभामुख , मुख्यमन्त्रीहरू, संसदीय समितिका सभापतिहरू, निजी तथा सहकारी क्षेत्रका प्रतिनिधिहरू तथा सरकारले परिषद् सदस्यमा मनोनित गरी २५ जना सदस्यहरूको उपस्थिति रहने उल्लेख गरिएको छ । सरकारले अघि सारेको नारा ‘समृद्ध नेपाल सुखी नेपाली’ लाई साकार पार्ने गरी योजना तर्जुमा गरेको योजना आयोगको दावी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू