अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१० | Colorodo: 14:25

गण्डकी मेडिकल कजेल प्रकरण– प्रमुख कार्यकारी अधिकृत र परीक्षा नियन्त्रकबाट १७/१७ लाख धरौटी मा रिहा

बिआरटीनेपाल २०७५ चैत १८ गते ९:४० मा प्रकाशित

ठगी मुद्दामा पक्राउ परेका गण्डकी मेडिकल कलेजका दुई कर्मचारीहरु जनही १० लाख रुपैया बुझाएर धरौटीमा रिहा भएका छन् । कास्की जिल्ला अदालतले जनही १७ लाख धरौटी लिएर तारेखमा छोड्न आदेश दिएपछि उनीहरु रिहा भएका हुन् । जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले सोमबार कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मासँग उक्त धरौटी मागको आदेश गरेको हो ।

सरकारले तोकेभन्दा बढी रकम असुलेर ठगी गरेको भन्दै कारवाहीको मागसहित विद्यार्थीले कलेज अध्यक्ष खुमा अर्यालसहित पदाधिकारी र कर्मचारी गरी ११ जनाविरुद्ध विभिन्न ५ जाहेरी दिएका थिए । जाहेरीका आधारमा खनाल र शर्मालाई प्रहरीले फागुन २२ मा पक्राउ गरी मुद्दाको अनुसन्धान थालेको थियो । प्रहरीले गत बिहीबार दुवैजनालाई अदालतमा मुद्दा दायर गरेको थियो । शुक्रबारदेखि थुनछेकको बहस सुरु भएर सोमबार सकिएलगत्तै अदालतले यस्तो आदेश दिएको हो ।

गण्डकी मेडिकल कलेजका विद्यार्थी र अस्पताल प्रशासनबीच २०७४ माघ १५ मा छलफल भइ चिकित्साशास्त्र अध्ययन संस्थानको नीति, निर्देशन तथा तोकिएको शुल्क लिने र बढी शुल्क लिएको भएमा फिर्ता गर्ने सहमति देखिएको आदेशमा छ ।

सरकारले तोकेभन्दा बढी रकम असुलेर ठगी गरेको भन्दै कारवाहीको मागसहित विद्यार्थीले विभिन्न ५ जाहेरी दिएका थिए । ५ मध्ये ४ वटामा खनाल र शर्मालाई विपक्षी बनाइएको छ । मुद्दामा कलेजका सञ्चालक अध्यक्ष खुमा अर्याल, खनाल, शर्मा, प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रधानाध्यापक रविन्द्रप्रसाद श्रेष्ठ, लेखा प्रमुख युवराज शर्मा, कर्मचारीहरू हरिमाया पौडल, दिनेश पौडेल, तिलक पौडेल, कृष्ण पौडेल विश्वराज घिमिरेलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू