प्रवासमा राजनीति नगर्नुहोस्
अमेरिका भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले नेपाली समुदायलाई समाधान सहित आए आफु जस्तो सुकै सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
न्यु योर्कस्थित महावाणिज्य दूतावासले शनिवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्राज्ञिक, प्राविधिक र ब्यबसायिकहरुको कुरा सुनिसकेपछि उपप्रधानमन्त्री पोखरेलले उक्त कुरा बताएका हुन् । ‘तपाईँहरूको कुरा सुनेर म उत्साहित भएको छु,’ उनले भने, ‘समाधान सहितको ठोस प्रस्ताव लिएर आउनुहोस्, मैले मेरो क्षमताले भ्याएसम्म सहयोग गर्छु ।’
उनले गुनासा र समस्या मात्र लिएर नआउन पनि अनुरोध गरे । ‘गुनासो, गन्थन मात्र लिएर आउनु भयो भने हुँदैन, उनले भने, ‘यसबाट सार्थक निष्कर्षमा पुगिँदैन ।’
उनले प्रवासमा बसेर राजनीति नगर्न पनि नेपाली समुदायलाई सुझाए । ‘यहाँ बसेर यो दल, वा उदलको राजनीति नगर्नुहोस्,’ उनले भने ‘नेपाल सोचेर नेपाली बनेर बस्दिनुभयो भने हुन्छ ।’