अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३३ | Colorodo: 08:48

मलेसियाको कलिङ भिसा आएकालाई भोलीबाट श्रम स्विकृति दिइने

बिआरटीनेपाल २०७५ चैत १७ गते ९:४७ मा प्रकाशित

जेठ महिनादेखि मलेसियाको भिषा आएर रोकिएका कामदारले चैत १८ गतेबाट श्रम स्वीकृति पाउने भएका छन् । ‘कलिङ भिसा’ पाएकाहरुले सोमबारदेखि श्रम स्वीकृति पाउने वैदेशिक रोगजार विभागले जनाएको छ । वैदेशिक रोजगार व्यवसायी संघले गत कार्तिक १२ मा सम्पन्न द्विपक्षीय श्रम समझदारीको मर्म र भावनाअनुसार कार्यान्वयन गर्ने जिम्मेवारी लिएपछि विभागले कलिङ भिसा (प्रवेश भिसा) आइसकेको नेपाली कामदारलाई श्रम स्वीकृति दिने निर्णय गरेको हो । विभागले आइतवार नै श्रम कार्यालय ताहाचललाई पत्र लेखेर श्रम स्वीकृति दिन भनेको छ ।

जेठ २ गतेदेखि बन्द भएपछि कलिङ भिषा पाएका झन्डै ७ हजार नेपाली कामदारले मलेसिया जान पाएका थिएनन् । विभागले मलेसियन दूतावासबाट भिसा स्वीकृत गराउन वैदेशिक रोजगार व्यवसायी संघलाई जिम्मा दिएको छ । संघले अन्तिम श्रम स्वीकृति लिनुपर्ने व्यवसायीलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

मलेसियाले स्वास्थ्य परीक्षण गर्ने संस्थाको मापदण्ड पठाएपछि १० महिनादेखि बन्द मलेसियाको रोजगारी खुल्न लागेको हो । कलिङ भिसा लागेकाले सोमबारदेखि श्रम स्वीकृति पाउने भए पनि नयाँका लागि भने मलेसियाको रोजगारी खुल्न अझै केही दिन लाग्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू