अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३३
| Colorodo: 03:48
अफगानिस्तानका उपराष्ट्रपति अब्दुल राशिद दोस्तममाथि बल्ख प्रान्तमा तालिवानले सांघातिक आक्रमण गरेको छ । आक्रमणमा उहाँ बच्न सफल हुनुभएको छ । आक्रमणमा उपराष्ट्रपति दोस्तमका एक अंगरक्षकको भने मृत्यु भएको छ ।
घटनामा दुईजना अंगरक्षक घाइते भएका छन् । उपराष्ट्रपति दोस्तममाथि यो दोश्रो आक्रमण हो । यसअघि गत जुलाईमा काबुल विमानस्थलमा भएको आत्मघाती बिस्फोटमा पनि उहाँ बाँच्न सफल हुनुभएको थियो । सन् २०१४ देखि राजनीतिमा प्रवेश गरेका दोस्तम विवादास्पद छवी भएका नेताका रुपमा चिनिनुुहुन्छ ।
दौस्तममाथि आफ्ना प्रतिस्पर्धी नेताहरुको अपहरण, बलात्कार जस्ता अपराधमा संलग्न रहने गरेको आरोप लाग्ने गरेको छ ।