अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१२ | Colorodo: 03:27

स्लोभाकियामा पहिलो पटक महिला राष्ट्रपति निर्वाचित

बिआरटीनेपाल २०७५ चैत १७ गते ९:३४ मा प्रकाशित

सरकारकी आलोचक एवं भ्रष्टाचार विरोधी अधिकारकर्मी जुजाना क्यापुटोभा स्लोभाकियाको राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न दोस्रो चरणको निर्वाचनको मतपरिणाम अनुसार उहाँ स्लोभाकियाको पहिलो महिला राष्ट्रपति बन्न सफल हुनुभयो ।

वातावरण वकील क्यापुटोभाले कूल मतको ५८ दशमलब ४० प्रतिशत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी युरोपेली यूनियनका ऊर्जा आयुक्त मारोस सेफ्कोभिकले ४१ दशमलब ५९ मात्र मत पाउनुभयो । मतगणनाको औपचारिक घोषणा हुन बाँकी छ ।

विजयी भएपछि प्रतिक्रिया दिँदै ४५ वर्षीया क्यापुटोभाले विपक्षीलाई गालीगलौज नगरी पनि चुनाव जित्न सकिन्छ भन्ने पुष्टी भएको बताउनुभयो । यही प्रवृत्ति युरोपेली संसद र अर्को वर्ष हुने स्लोभाक संसदको चुनावमा पनि दोहोरिने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

सत्तारुढ दलका तर्फबाट चुनावमा उठेका ५२ वर्षीय सेफ्कोभिकले आफ्नो हार भएको स्वीकार्दै क्यापुटोभालाई विजयी भएकामा बधाई दिनुभएको छ । सत्तारुढ स्मेर–एसडी पार्टीका तर्फबाट प्रधानमन्त्री रहेका पिटर पेलिग्रिनीले राष्ट्रपतिसँग रचनात्मक समझदारी निर्माण गरिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू