अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०६ | Colorodo: 16:21

अफगानिस्तानमा भीषण बाढी, कम्तीमा ३२ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ चैत १७ गते ९:३३ मा प्रकाशित

अफगानिस्तानको पश्चिमी क्षेत्रमा भिषण वर्षापछि आएको बाढीका कारण कम्तिमा ३२ जनाको ज्यान गएको छ । बाढीका कारण अफगानिस्तानका ७ वटा प्रान्त अस्तव्यस्त भएका छन् । बाढीका कारण हजारौं घरमा क्षति पुगेको अफगान अधिकारीहरुले जनाएका छन् ।

बाढीले हजारौं सर्वसाधारण विस्थापित भएका छन् । फर्याव, बागधिस र हेरात क्षेत्र बढी प्रभावित भएको छ । कमजोर पूर्वाधारका कारण बाढी प्रभावितसम्म मानवीय सहायता पुर्याउन समेत कठिनाई भएको स्थानीय प्रशासनले जनाएका छन् । गतवर्ष भोकमरीले आक्रान्त पारेका क्षेत्रहरुमा आएको बाढीले विपत्ति झनै थपिएको अन्तर्राष्ट्रिय समाचारसंस्थाले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू