अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३९ | Colorodo: 13:54

आप्रवासी प्रवेश रोक्न थप कदम नचाले सीमा नै बन्द गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

बिआरटीनेपाल २०७५ चैत १६ गते ९:५५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोले आप्रवासी प्रवेश रोक्न थप कदम नचाले सीमा नै बन्द गर्न चेतावनी दिनुभएको छ । मेक्सिको हुंदै शरणार्थीको रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासी रोक्न ट्रम्पले यस्तो चेतावनी दिनुभएको हो ।

सीमा बन्दबाट आवतजावतमा मात्र नभइ लाखौं डलरको व्यापारमा समेत असर पर्नेछ । मेक्सिकोले आप्रवासी रोक्ने सजिलो काम पनि नगरेको ट्रम्पको आरोप छ । मेक्सिकोका राष्ट्रपति आद्रेस म्यानुअल लोपेज ओब्राडोरले भने आप्रवासीको मुद्धा मेक्सिकनको नभएको भन्दै यसलाई विवादमा नल्याउने बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले चुनावी अभियानकै क्रममा मेक्सिकोको सीमामा पर्खाल लगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । पर्खाल निर्माणका लागि ६ अर्ब डलर माग गर्नुभएपनि अमेरिकी संसद कांग्रेसले अस्वीकार गरेको थियो । तर आपतकाल घोषणा गर्दै राष्ट्रपति ट्रम्पले जसरी भएपनि पर्खाल निर्माण गर्ने दृढता व्यक्त गर्नुभएको छ । हालै मात्र प्रतिरक्षा खर्चबाट पर्खाल निर्माणका लागि १ अर्ब डलर निकासा भैसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू