अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१७ | Colorodo: 14:32

बेलायती प्रधानमन्त्री टेरिजा मे सत्ता छाड्न तयार

बिआरटीनेपाल २०७५ चैत १४ गते ९:२३ मा प्रकाशित

बेलायती प्रधानमन्त्री टेरिजा मेले युरोपियन यूनियनबाट अलग हुने ब्रेक्जिट डिलमा कन्जरभेटिभ पार्टीका सांसदहरुले समर्थन गरे सत्ता छोड्न तयार रहेको बताउनुभएको छ । ब्रेक्जिट प्लानका ८ संभावित विकल्पमा भएको मतदानमा हाउस अफ कमन्समा कुनै पनि विषयमा बहुमत प्राप्त नभएपछि प्रधानमन्त्री मेले यस्तो घोषणा गर्नुभएको हो ।

प्रधानमन्त्री मेले देश र पार्टीका लागि सही काम गर्ने मौका दिन आफू पूर्व निर्धारित उद्धेश्यभन्दा पहिले नै पद छाड्न तयार रहेको बताउनुभएको हो । बे्रक्जिट डिललाई कुनै पनि हालतमा सफल बनाउन उहाँले कन्जरभेटिभ पार्टीका सांसदहरुलाई आग्रह समेत गर्नुभयो । यद्यपी प्रधानमन्त्री मेले पद छाड्ने मितिको बारेमा भने केही उल्लेख गर्नुभएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू