अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४४ | Colorodo: 14:59

मुलुकको स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति– प्रधानमन्त्री

बिआरटीनेपाल २०७५ चैत १३ गते ९:५० मा प्रकाशित

प्रधानमन्त्री केपी ओलीले नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताउनु भएको छ । स्वास्थ्य क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकार कटिबद्ध रहेको बताउँदै उहाँले हरेक नागरिकले सहज उपचार पाउनुपर्ने उल्लेख गर्नुभयो ।

मेडिसिटी अस्पतालद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबै नागरिकको स्वास्थ्यमा पहुँच पुग्नुपर्ने बताउनुभयो । मेडिसिटी अस्पतालले अन्तर्राष्ट्रिय मान्यता पाएकोमा बधाइ दिँदै प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रमा नयाँ उचाई थपिएको ठोकुवा गर्नुभयो ।

अब ग्रामीण भेकका जनताले समेत उचित उपचार पाउने प्रधानमन्त्रीको दाबी रहेको छ । मेडिसिटीले पाएको अन्तराष्ट्रिय स्तरको सम्मान सराह्नीय रहेको र अन्य अस्पतालले समेत सिको गर्दै व्यवस्थित हुनुपर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू