अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०१ | Colorodo: 13:16

बेलायती प्रधानमन्त्री मे लाई फेरि लाग्यो धक्का, ब्रेक्जिटको विषयमा भएको मतदानमा पराजित

बिआरटीनेपाल २०७५ चैत १२ गते ९:४८ मा प्रकाशित

बेलायती संसदमा भएको एक मतदानमा सदनले प्रधानमन्त्री टेरिजा मे को प्रस्ताव फेरि विफल पारिदिएको छ । यूरोपेली संघबाट बेलायत बाहिरिने प्रक्रियालाई निकास दिने अपेक्षामा गराइएको मतदानमा मे को प्रस्ताव विफल भएको हो ।

मतदानमा सरकार २७ मतले पराजित भएको छ । सरकारको पक्षमा ३०२ मत पर्दा विपक्षमा ३२९ मत खसेको थियो । यसको अर्थ अब बेलायती सांसदहरू ब्रेक्जिटको विकल्पमा बहुमत खोज्नेगरी अगाडि बढ्नेछन् । कस्तो किसिमको ब्रेक्जिटलाई कस्तो समर्थन गर्ने भन्नेबारे संसदमा भोलि चरणबद्ध मतदान हुनेछ ।

प्रधानमन्त्री टेरिजा मेले सांसदहरूले गर्ने निर्णय आफूले मान्ने सुनिश्चित नभएको प्रतिक्रिया दिनुभएको छ । हाउस अफ कमन्स्को एजेन्डामाथिको नियन्त्रणले अप्रिय स्थिति उत्पन्न हुने सक्ने र नयाँ प्रक्रियाबाट प्रजातान्त्रिक संस्थामा असन्तुलन कायम हुने नजिर बस्न सक्ने उहाँको तर्क रहेको छ । प्रस्तावको समर्थन गरेका विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले ब्रक्जिट प्रक्रियालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू