अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५५ | Colorodo: 13:10

चीनले फ्रान्सबाट ३ सय एअर बस किन्ने

बिआरटीनेपाल २०७५ चैत १२ गते ९:४७ मा प्रकाशित

चीनले फ्रान्ससँग ३ सय वटा एअर बस किन्ने भएको छ । चीन र फ्रान्सबीच ४० खर्ब रूपैयाँ बराबरको व्यापार सम्झौतामा एअर बस किन्ने सहमति गरिएको हो । फ्रान्स भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चीन फिङ र फ्रान्सेली राष्ट्रपति इमायुल म्याक्रोंबीचको भेटवार्ता पछि यो सम्झौता गरिएको हो ।

दुई देशबीच गरिएको व्यापार सम्झौतामा ३७ खर्ब ३६ अर्ब रूपैयाँमा चीनले फ्रान्सेली कम्पनी एयर बसका तीन सय वटा जहाज किन्ने उल्लेख छ । फ्रान्सेली राष्ट्रपति इमायुल म्याक्रोंको कार्यालयका अनुसार तीमध्ये ए ३२० सिरिजका न्यारोबडी जहाज २९० वटा र ए ३५० वाइड बडी जहाज १० वटा हुनेछन् ।

इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स जहाज दुर्घटनापछि बोइङका सो मोडलका सबै जहाज ग्राउन्डेड गरेको चीनले फ्रान्सेली कम्पनीसँग नयाँ सम्झौता गरेको हो । अरु २ खर्ब ७४ अर्बका परियोजनामा भने विकासशील देशहरूमा उर्जाको किफायती खपतका क्षेत्रमा सहकार्य र १० वटा कन्टेनर निर्माणको सम्झौता छ ।

चीनले फ्रान्सेली कुखुराको मासुलाई चीनमा लगाउँदै आएको कर पनि हटाएको छ । इटाली भ्रमण सकाएर चिनियाँ राष्ट्रपति सी पेरिस पुग्नुभएको थियो । यही भ्रमणका क्रममा सीले औद्योगीक राष्ट्रहरूको समूह जी–७ को सदस्य इटालीलाई चीनको बेल्ट एन्ड रोड इनिसिएटिभमा सामेल गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू