अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०६ | Colorodo: 13:21

पेन्टागनद्वारा मेक्सिकोको सीमामा पर्खाल बनाउन एक अर्ब डलर निकासा

बिआरटीनेपाल २०७५ चैत १२ गते ९:४० मा प्रकाशित

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले मेक्सिकोको सीमामा पर्खाल निर्माणका लागि १ अर्ब डलर निकासा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कांग्रेस (संसद)लाई छल्न आपत्कालीन अवस्थाको घोषणा गरेपछि पर्खाल निर्माणका लागि निकासा गरिएको यो पहिलो चरणको रकम हो ।

यो रकमबाट ५ मिटर अग्लो ९१ किलोमिटर लामो पर्खाल निर्माणमा खर्च गरिनेछ । ट्रम्पले चुनावी अभियानकाक्रममै मेक्सिकोको सीमामा पर्खाल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । राष्ट्रपति ट्रम्पले दक्षिणी सीमामा संकटपूर्ण अवस्था रहेको भन्दै अपराधी प्रवेश रोक्न पर्खाल निर्माण आवश्यक रहेको बताउनुभयो ।

ट्रम्पले कांग्रेस (संसद) समक्ष पर्खाल निर्माणका लागि ६ अर्ब डलर माग गर्दा अस्वीकार गरेपछि ट्रम्पले फेब्रुअरी १५ मा आपत्कालीन अवस्थाको घोषणा गर्नुभएको थियो । आपतकालीन अवस्था घोषणा गदै उहाँले प्रतिरक्षा बजेटबाट भएपनि पर्खाल बनाउने दृढता व्यक्त गर्नुभएको थियो । विपक्षी डेमोक्र्याटहरुले भने ट्रम्पको उक्त घोषणालाई असंवैधानिक बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू