अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:११ | Colorodo: 12:26

अति गरिबलाई ७२ हजार दिने राहुलको गान्धीको घोषणा

बिआरटीनेपाल २०७५ चैत ११ गते ९:५४ मा प्रकाशित

भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको सरकार बनेमा अति गरिब परिवारलाई बार्षिक ७२ हजार भारतीय रुपैयाँ दिने घोषणा गर्नुभएको छ । न्यूनतम आय योजना (न्याय) कार्यक्रम लागु गरेर अति गरिबीको रेखामुनि रहेका २० प्रतिशत परिवारलाई बैंक खातामै ७२ हजार भारु उपलब्ध गराउने उहाँले बताउनुभयो । सोमबार आयोजित पत्रकार सम्मेलनमा गान्धीले विश्वलाई नै उदाहरणीय हुनेगरी यो योजना ल्याइएको दावी गर्नुभएको छ ।

गरिबीमा रहेकाहरूलाई न्यूनतम आय सुनिश्चत गर्नका लागि न्यूनतम आय योजना लागु गरिने अध्यक्ष गान्धीको भनाई छ । अध्यक्ष गान्धीले आफ्नो पार्टीले ल्याएको न्यूनतम आय सुनिश्चत गर्ने योजना ऐतिहासिक भएको दाबी पनि गर्नुभयो । राहुलले भारतीय प्रधानमन्त्री मोदीले पाँच वर्षको अवधिमा दर्जनौँ धनाढ्यहरूलाई अर्बौं रुपैयाँ दिएको भन्दै आफ्नो सरकार बने गरिबलाई रुपैयाँ दिने बताउनुभयो ।

अहिले घोषणा गरेको योजनाका बारेमा अध्यक्ष गान्धीले झण्डै एक महिना अगाडि आयोजित एक चुनावी सभामा पनि चर्चा गर्नुभएको थियो । यस योजनाबाट झण्डै ५ करोड परिवार र २५ करोड जनता लाभान्वित हुने कांग्रेस नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू