अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४७ | Colorodo: 00:02

ईटालीमा विद्यार्थी सवार एक बस ड्राइभरले नै गरे अपहरण

बिआरटीनेपाल २०७५ चैत ७ गते ९:४२ मा प्रकाशित

इटालीमा विद्यार्थी सवार एक बस ड्राइभरले नै अपहरण गरेका छन् । इटालीको मिलानमा ५१ जना विद्यार्थी सवार स्कुल बस ड्राइभरले अपहरण गरी दुर्घटनामा पारेका हुन् । बसमा बन्धक बनाइएका बालबालिकालाई प्रहरीले बसको झ्यालबाट उद्दार गरेको छ ।

बसका ड्राइभर इटालियन नागरिक भए पनि उनी सेनेगलबाट गएको बताइएको छ । अपहरणमा परेका बालबालिका कोही पनि गम्भीर घाइते भने भएका छैनन् । १४ जनालाई भने धुवाँले समस्या भएको छ । बस अपहरण गरेका ड्राइभरले कोही पनि जीवित नरहने बताएका थिए ।

मिलानका प्रहरी प्रमुख फ्रान्सेस्को ग्रेइकोले सबै बालबालिकालाई सफलतापूर्वक उद्धार गर्न सफल हुनेलाई अपूर्व बनेका छन् । बसमा रहेका एक शिक्षकले ओसेयनोउ सी नाम गरेका ड्राइभर आप्रवासी सम्बन्धी इटालीको रणनीतिप्रति आक्रोशित भएको बताएका छन् ।

यस्तै भूमध्य सागरमा भइरहेको आप्रवासीको निधनबाट उनी आक्रोशित थिए । ड्राइभरविरुद्ध अपहरण, आमहत्याको प्रयाससहितका मुद्दा दर्ता गरिएको इटालीका अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू